पत्नि हत्याको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका शसस्त्र प्रहरीका तत्कालिन डिआईजी रञ्जन कोईरालाको कैद छुट प्रति शान्तिका लागि नागरिक समाजको संजाल पोखराको गम्भिर ध्यानाकर्षण भएको छ ।

आज विश्व आमा बुबा दिवस आफ्ना अभिभावकहरु प्रति आदर प्रकट गरि मनाईदै


प्रधानन्यायाधिस चोलेन्द्रसम्सेर जबरा र न्यायाधिस तेज बहादुर केसिको सयुक्त इजलासले कोईरालाको कैद छुट सम्बन्धमा गरेको फैसला अदालतबाट भैरहेको सिद्धान्तको समेत ठाडै उल्लंघन भएको संजालको ठहर छ ।
यस प्रकारको फैसलाले न्यायालय प्रति जनताको आस्थालाई अभिवृद्धि नगर्ने, दण्डहितालाई प्रश्रयदिने र आपराधिक मनोवृत्तिलाई थप सहयोग पुग्ने बताउनै संजालले विज्ञप्ती मार्फत आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

सोमबार रातीदेखी मनसुन सक्रिय हुने, केहि स्थानहरुमा भारी बर्षाको सम्भावना, सतर्ककता अपनाउन आग्रह


रञ्जन कोईरालाको विषयमा अदालतले सामाजिक प्रभावको समेत ख्याल नगरि अत्यन्तै झिनो तथ्यको विश्लेषण गरि निर्णय लिदा यसअघि अदालतबाटै स्थापित सिद्धान्तको प्रतिकुल भएको संजालको निष्कर्ष छ ।
जन्मकैदको सजाय भोगिरहेका अभियुक्तलाई सजायको भारि छुटले न्याय सर्वस्विकार्य हुनुपर्छ भन्ने सामाजिक भावनामा गम्भिर चोट पुगेको महसुस भएको संजालले बताएको छ । विज्ञप्तीमा कैद सजाय माफी दिने गरि भएको उक्त फैसलाको न्यायीक पुनरावलोकनका लागि माग समेत गरिएको छ ।

बाग्लुङ पहिरोमा सम्पर्कविनिहरुको खोजि कार्य सुरु, मानविय हताहति भएको हुनसक्ने अनुमान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार