पोखरा, वैशाख ।
साझा सवालका लागि साझा मञ्च (कोकन) ले विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मञ्चले शुक्रबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे महर्षी अरविन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेशन (भारतीय गैरसकारी संस्था) सँगको सहकार्यमा यही बैशाख १४ गतेदेखि १८ गतेसम्म सम्मेलन आयोजना जनाएको हो ।


आयोजकले दिएको जानकारी अनुसार उक्त सम्मेलन विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै साझा सवालका लागि साझा मञ्च (कोकन) का सल्लाहकार केशव कुमार घिमिरेले उक्त सम्मेलनमा आध्यात्मिक सोचका लागि प्रयोगात्मक अभ्यास हुने र सँगसँगै कृषि, स्वास्थ्य र शिक्षासँग सम्बन्धित विषयहरु प्रकृतिउन्मुख पद्धतीबाट सञ्चालन गर्ने बिषयमा छलफल हुने बताउनुभयो ।
सम्मेलनमा स्वदेश तथा विदेश गरि १ सय ५० जनाको उपस्थिति रहनेपनि आयोजकले जनाएको छ । जसमा सय जना नेपालबाट र ५० जना विदेशबाट उपस्थिति रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार