पोखरा, जेठ ।
सेफगार्डस, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धी विधेयकलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उक्त बिधयेकमाथि दफावार छलफल हुदा आएका सुझावसमेतलाई समेटेर बिधयेकलाई पारित गरेको हो । अव उक्त बिद्येयक प्रतिनिधिसभामा पेश गरिने समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउनुभयो । विधेयकमा कुनै पनि वस्तुको अत्यधिक आयात अथवा भण्डारणबाट स्वदेशी उद्योगलाई नोक्सान भएमा वा नोक्सान हुने देखिएमा आयात र भण्डारण दुवैलाई निरुत्साहन गर्ने प्रावधान समेटिएको छ । विधेयकका अनुसार, कुनै वस्तु ठूलो परिणाममा आयात गरिँदा त्यस्तो वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई गम्भीर नोक्सान भएमा वा त्यस्तो हुने देखिएमा सरकारले सेफगार्ड्स उपाय अवलम्बन गर्न सक्नेछ । यसअन्तर्गत भन्सारमा अतिरिक्त महसूल लगाउने र त्यस्तो वस्तुको आयातमा पूर्ण वा आंशिक रूपमा परिमाणात्मक बन्देज लगाउनेसम्मको व्यवस्था छ । काउन्टरभेलिङ कानूनले भने स्वदेशी उद्योगलाई नोक्सान पुग्ने वा पुग्न सक्ने गरी सहुलियत वा अप्रत्यक्ष अनुदान प्राप्त वस्तु आयात गर्न निरुत्साहित गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बताउनुभयो । उहाले बिधेयकको छलफलका क्रममा आएका बिषयलाई सरकारले बिशेष सम्बोधनको प्रयास गर्ने बताउनुभयो । स्वदेशी उद्योगलाई नोक्सान पुग्ने वा पुग्न सक्ने गरी उत्पादन गरेकै जस्ता वस्तु सस्तो मूल्यमा ठूलो परिणाममा आयात तथा भण्डारण गर्न एन्टी–डम्पिङ कानूनले दुरुत्साहित गर्ने बताइएको छ । विधेयकका अनुसार, निर्यात प्रयोजनका लागि विशेष आर्थिक क्षेत्र वा निर्यात प्रशोधन क्षेत्रमा मात्र प्रयोग हुने गरी आयात भएको कच्चा पदार्थसँग सम्बद्ध मालवस्तुमा भने उक्त महसूलहरु नलगाइने उल्लेख छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभर १ बलमा मात्र ४७ रन बनाउँदा अलआउट भयो । कर्णालीका निश्चल रावलले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का कप्तान पुष्प थापाले ६ विकेट हात पारे । उनले ९ ओभर १ बलमा १ मेडनसहित १९ रन खर्चिए । यस्तै मुकुन्द यादबले ३ तथा कमल खत्रीले १ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । प्रदेश १ का सिद्धान्त लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाउँदा रिटायर्ड हर्ट हुन् पुगे । यस्तै फिर्दोस अन्सारीले अविजित ४५, सुन्नी पुनले ३४, कप्तान पुष्प थापा २९ रन जोडेका थिए । कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २–२ विकेट हात पारेका थिए । जितसंगै समूह ’बी’ को प्रदेश १ ले ३ खेलमा २ अंक जोडेको छ । प्रदेश १ तेस्रो स्थानमा रहेको छ । कर्णालीको यो चौंथो हार हो ।


पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि बहुवर्षीय योजनामा समावेश गरी कनेक्टिङ सडक स्तरोन्नतिको कामलाई अगाडि बढाएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा १९ मा पर्ने अमलाबिसौंना तल्लोथर डाँडा घार्मी सडक कलोपत्र हुने भएको छ । उक्त सडकलाई स्तरोन्नति गरी कालोपत्र गर्ने काम सुरु भएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । नाला बाहेक ६ मिटर चौडाइसहित सडकको ८ सय ३८ मिटर कालोपत्र गरिने वडा नम्बर १९ का इन्जिनियर हरिबहादुर बस्नेतले जानकारी दिए । उक्त सडकमा ३ सय ३८ मिटर नाला निर्माण गरिनेछ । ३ वटा कल्र्भट, ४२ मिटर ग्याबियन भरिने बस्नेतले बताए । उक्त काम गर्नका लागि महानगरले १ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्र्डसले १ करोड ६ लाख ९४ हजारमा काम सक्ने गरी सम्झौता गरेको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले आगामी भदौ ४ गतेसम्म काम सक्ने समयसीमा तोकिएको छ ।



यसैबीच पोखरा १९ कै अर्को कनेक्टिङ सडक चितेपानी, कृषि क्याम्पस, रैकरहँुँदैं माछापुच्छे« सडक पनि आगामी वर्षको असारसम्म कालोपत्र गर्ने गरी महानगरले ठेक्का सम्झौता गरेको छ । नाला बाहेक ६ मिटर चौडाइको सडकमा २ किमी ३ सय मिटर सडक कालोपत्र गरिने छ । सडकमा ४ किमी नाला निर्माण, १४ वटा कल्र्भट, ५ मिटर रिटेनिङ वाल निर्माण गरिने रेग्मीले बताए । उक्त सडकको ४ सय मिटर सडकलाई फराकिलो पनि पारिनेछ । पोखरा महानगरपालिकाले उक्त काम गर्न ६ करोड ७७ लाखमा बोलपत्र आह्वान गरेकोमा काष्ठमण्डम कस्ट्रक्सनले ४ करोड ८२ लाख ९८ हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई २०७७ असारसम्ममा काम सक्ने समयसिमा तोकिएको छ । ग्रामीण भेगका नागरिकलाई विकटबाट निकटमा ल्याउन कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर महानगरले काम गरिहेको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । जिसीका अनुसार महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । २७ योजना मध्ये २२ योजना सम्झौता भई काम सुरु भएको छ भने ५ वटाको ठेक्का सम्झौता आगामी हप्ता भित्र सकिने सहरी पूर्वाधार महाशाखाले बताएको छ ।










तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार