पोखरा, ०७ फाल्गुन ।
नेपाल पत्रकार महासंघको केन्द्रिय साधारणसभा तथा विधान अधिवेसनको पुर्वसन्ध्यामा सरसफाई व्यवस्थापन उपसमितिले कार्यक्रम स्थल पोखरा सभागृह परिसरमा सरसफाई गरेको छ ।


उपसमितिका सदस्य एंव पोखरामा क्रियाशिल पत्रकारहरुको उल्लेख्य सहभागीतामा सभागृह परिसरमा सरसरफाई गरिएको उपसमितिले जनाएको छ । प्रायाजसो कार्यक्रमहरु भैरहने सभाृहमा प्लाष्टिकजन्य फोहोरहरु बढि मात्रामा संकलन गरिएको उपसमितिका संयोजक भिम थापाले बताउनुभयो ।


सभागृह भवनको मुल प्रवेश ढोका छेउमै अलपत्र छोडिएको निर्मााधिन भौतिक संरचनामा अत्याधिक फोहोर फ्याकिएको पाईएको थापाले बताए । फ्लेक्स बोर्डका टुक्राहरु, पानीका बोतलहरु, खाजा प्याकिङका खोलहरु लागयत सो स्थानमा सफाई गरिएको हो ।


आगामी विहिबार र शुत्रबार पोखरामा हुने उक्त साधारणसभा तथा विघान अधिवेसनमा देशभरिका १ हजार भन्दा धेरै पत्रकारहरु पोखरा आउने भएका छन् । सोही असरमा गण्डकी प्रदेश सरकारले आन्तरीक भ्रमण वर्ष २०१९ को औपचारीक घोषणा गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार