काठमाण्डौ,
सांसदहरुले बजेट कार्यान्वयनमा सरकार सुस्त रहेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरु समेत ओझेलमा परेको आरोप लगाएका छन् ।
बजेट कार्यान्वयनका बारेमा आइतबार संसदको अर्थ समितिमा भएको छलफलमा उनीहरुले बजेट कार्यान्वयनका बारेमा पनि आवश्यक छलफल हुन नसकेको समेत बताए । उनीहरुले आर्थिक बर्षको बजेट कार्यान्वयनका लागी समितिले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै सांसदहरुले यस बिषयमा थप ध्यानाकर्षण गराउनुपर्ने बताए ।


सांसद प्रमिला राईले अर्थतन्त्रका बारेमा समितिमा प्रयाप्त छलफल हुन नसकेको बताउनुभयो । उहाले मेलम्ची लगाएतका आयोजनामा यसअघि दिएको निर्देशन कार्यान्वयन नहुनु दुखद रहेको बताउनुभयो । त्यस्तै सांसद रामकुमारी झाक्रीले आयोजना छनौटमा सरकार चूकेको भन्दै राष्ट्रिय आयोजनाको बर्गिकरण हुनुपर्ने र त्यही अनुसार प्राथमिकता तोक्नुपर्ने जिकिर गर्नुभयो ।
अर्थ समिति सभापति कृष्ण प्रसाद दाहालले अव समितिका बजेट कार्यान्वयनका बारेमा लगाएर छलफल गर्ने र यसअघि दिएका निर्देशनहरु कार्यान्वयन भए नभएको अवस्थामा बारेमा पनि छलफल गरिने बताउनुभयो ।
बजेट कार्यान्वयनको छलफलपछि आगामी बर्षको बजेटमाथि केन्द्रित भएर छलफल चलाउने समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार