काठमाण्डौ, वैशाख ।
हरित कृषि सहकारी संस्था लिमिटेडले समाज कल्याण परिषदले आफूहरुसँग गरेको करार सम्झौता खारेजी गरेको भन्दै उक्त खारेजी तत्काल सच्याउन माग गरेको छ ।


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालले हरित कृषि सहकारीको योजनाका बारेमा प्रकास पार्दे कल्याण परिषदले आफूहरुसँग गरेको करार सम्झौता खारेज गर्न माग गर्नुभयो ।
त्यस्तै, सहरी क्षेत्रमा कृषि बजार निर्माण गरि किसानले उत्पादन गरेका कृषिउपज सिधै सहकारीको बजारमा ल्याई बिक्रि वितरण गर्ने वातावरण बनाई कृषि क्षेत्रमा रहेको पाँच तहको विचौलियातन्त्रको जालो भत्काउने योजना रहेको बताउनुभयो । आफूहरुको अर्को उद्देश्य भनेको किसान र उपभोक्ताको बीचमा सिधा सम्पर्क गराउने रहेको पनि उहाको भनाई छ ।
उक्त सहकारीले परिषदले सम्झौता रद्द गरि चालेको कदमको घोर भत्र्सना गर्दै तत्काल निर्णय नसच्याए आम कृषि व्यवसायीहरु आन्दोलित हुने अवस्थाको समेत सिर्जना हुनेतर्फ सरकारको ध्यानाकार्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार