साझा पार्टी कास्कीले पोखरा महानगरपालिकामा भएको आर्थिक हिनामिनाको आवश्यक अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरालाई आग्रह गरेको छ ।
पोखरा महानगरपालिकाले १३ करोड बढि रकम खातामा दाखिला नगरी हिनामिना गरेको समाचार प्रति आफुहरुको ध्यानाकर्षण भएको उल्लेख गर्दै साझाले निष्पक्षको छानविनको समेत माग गरेको छ ।
साझा पार्टीले विभिन्न छानविनका ९ वटा विषयहरु बुदाँगत रुपमा उल्लेख समेत गरेको छ । साझाले जनताको करको दुरुपयोगका यथेष्ट प्रमाणका रुपमा पेश गरिएका विषयहरु माथी निष्पक्ष छानविनको पनि माग गरेको छ ।
राजश्व, लेखा, महानगरका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने उसको भनाई छ ।

छानविन विषयहरु
१. महानगरपालिकाको राजश्व संकलन गर्ने तत्कालिन खाता रहेको बैंक मुक्तिनाथ विकास बैंकको खाता रोक्का गरी अनुसन्धान गर्नुपर्ने ।
२. महालेखा परिक्षणको कार्यालयको स्विकृति बिना चलाईएको राजश्व उठाउने सफ्टवेयर, साँग्रिला इन्फरमेटिक्स प्रा।लि। संगको साँठगाँठ सम्बन्धमा अनुसन्धान गर्नुपर्ने ।
३. आधुनिक बैंकिङ प्रणालीमा हरेक दिनको रकम बैंकमा दाखिला हुनुपर्ने तर १ वर्ष सम्म पनि भौचर आउनु तर रकम रकम नआउनु लुटको पराकाष्ठा भएको पाइएको ।
४. राजश्व र लेखा शाखाको बद्मासी र बद्नियतको अनुसन्धान हुनुपर्ने ।
५. स्थानिय निर्वाचन पछि महानगरको १ अर्व २६ करोड भन्दा बढि बेरुजुले यस घटना थप प्रस्ट्याएको।
६. महानगरको कर्मचारी, राजश्व तथा जनप्रतिनिधिहरुले बैंकमा दाखिला गरेको रकमको भौचर र राजश्वमा दाखिला गरेको भौचर दुई थरी बनाई वैधानिक ठगी गरेको हुनसक्ने ।
७. महानगरका मेयर मानबहादुर जिसीले १३ करोड नभएर १ करोड ७३ लाखको हिसाब नमिलेको भन्ने अभिव्यक्ति आफैमा ठूलो प्रमाण भएको पाइएको ।
८. सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा हुदाँ पनि महानगरको बदमास संरचना र यसको आधिकारिक व्यक्तिहरूबाट स्पष्टिकरण नआउनु ।
९. यस्ता खालका राज्य लुट यस महानगरपालिकामा सामान्य बन्दै गईरहेको अवस्थामा विभिन्न स्रोत र शक्ति परिचालन गरी हिसाब मिलाउन महानगर सम्लग्न देखिएको । त्यसैले रकम हिनामिनामा संलग्न हुनसक्ने राजश्व, लेखा र महानगरका कर्मचारी र जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार