पोखरा चैत्र ।
जनआन्दोलन २०६२/६३ का प्रथम शहिद भीमसेन दाहालको १४ औँ स्मृति दिवसका अवसरमा पोखरामा श्रद्धाञ्जलिसभा गरिएको छ । २०६२ चैत २६ गते पोखरा महेन्द्रपुलमा शहिद दाहाल सेनाको गोलीबाट मारिएका थिए ।


महेन्द्रपुल स्थित भीमसेन दाहालाको शालिकमा माल्यार्पण पछि आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सहभागिहरुले अहिलेको राजनैतिक परिवर्तन शहीदको बलिदानीले मात्रैे सम्भव भएको बताए ।
सहिद भिमसेन दाहाल स्मृति प्रतिष्ठान र जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीको सयुक्त आयोजनामा आयोजित १४ औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रमका सहभागीले शहीदको सपनालाई साकार पार्न सरकार थप चनाखो बन्नु पर्नेमा जोड दिए ।
उनिहरुले भनेका छन्, “आजको यो परिवर्तमा शहिद भीमसेन दाहालको बलिदानीको ठूलो भुमिका छ । शहिद दाहालले देशको परिवर्तनका लागि ठूलो लगानी गरेका छन्, सो लागनी संरक्षणको दायित्व बाँचेकाहरुको काँधमा आईपुगेको छ ।”
शहिद दाहाल काभ्रे उग्रचण्डीका स्थायी बासिन्दा थिए । तत्कालिन समयमा उनले पोखरामा साइबर चलाएर बसेका थिए । आन्दोलनको क्रममा महेन्द्रपुल नजीक सेनाको गोली लागी ज्यान गुमाएका शहिद दाहालका २ श्रीमती र २ छोरा दिनेश दाहाल र विशाल दाहाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार