सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ पत्रकार इन्द्र प्रसाद पौडेललाई प्रदान गरिएको छ । क्लबको २२ औं वार्षिकोत्सव अवसरमा पत्रकार पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सो पुरस्कार प्रदान गरेका हुन् । प्रतिभा छनोट समितिको सिफारिस अनुसार पौडेललाई सहारा क्लबले सो पुरस्कार प्रदान गरेको हो ।

२ र ४ वर्षका बालबालिका सहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण


सहारा क्लब पोखराले खेलकुद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदानको आधारमा हरेक वर्ष यो पुरस्कारबाट प्रदान गर्दै आएको छ । पुरस्कारको राशी २० हजार ५ सय ५५ र ताम्रपत्र रहेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थायी ठेगाना भई हाल पोखरामा बस्दै आएका पत्रकार पौडेल एक दशक लामो समयदेखी कान्तिपुर टेलिभिजनमा आवद्ध छन् ।

२ र ४ वर्षका बालबालिका सहित चितवनमा थप २८ जनामा कोरोना संक्रमण


यसअघि यो पुरस्कार पत्रकार कुलन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार