पोखरा, २९ माघ ।
पोखराको लेकसाइडमा एक १४ बर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ । लेकसाइडको एक निर्माणाधिन घरमा सचिन सिन्जालीको मंगलबार विहान हत्या भएको अवस्थामा सव फेला परेको हो ।

पाल्पा घर भइ हाल लेकसाइडमा परिवारसँगै बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार गरि हत्या भएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले बताए ।
उनका अनुसार सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरि सिंजालीको हत्या भएको छ । उनको हत्यामा वेनी काले भनिने कुमार गर्वुजाको संलग्नता रहेको कास्की प्रहरीले बताएको छ । गर्वुजा प्रहरी नियन्त्रणमा रहेका र थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपि ओम रानाले बताए ।


सिंजालीका आमा, हजुरआमा र बाबा पोखरा मै भएपनि वेग्ला वेग्लै बस्ने गरेका बाबा गोविन्द सिंजालीले बताए । गोविन्दको पोखरामा मासु व्यवसाय छ । सोमबार पनि सचिनलाई बाबा गोविन्दले खाजा खाने पैसा समेत दिएर पठाएको बताउछन् ।
यसअघि गोविन्दका कान्छा छोरा सचिन पढाई बिचमै छोडी पोखराका विभिन्न होटलहरुमा काम गर्दै आएका थिए । एक दशक भन्दा धेरै समयदेखी पोखरामै बसेको भएपनि गोविन्द र उनकी श्रीमति सुनिता बिच सम्बन्ध राम्रो नभएको स्वयम गोविन्दले स्विकार गरे ।
पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा हुने गरेका यस्ता प्रकारका जघन्य अपराधका घट्नाहरुले सुरक्षा चुनौती थपिएका सरोकारवालाहरुको तर्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार