बाग्लुङ जिल्लाको निसिखोला गाँउपालिका वडा नं. ७ चोलाबाङ स्थित चुङ खोलाको किनारमा एक महिलाको शव फेला परेको छ ।
आज बिहान ११ः५० बजे निसिखोला गाउँपालिका ६ रोवाङ बस्ने ६७ वर्षीय क्रमती घर्तिमगरको शव खोला किनारमा फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकी पोखराले जनाएको छ ।
उनको आफन्तले सनाखत गरेका प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार