सेति नहरमा हाम फालेका दोलखाका रमेश खड्काको शव पोखरा महानगरपालिका वडा नं. १३ दुईकुलाको मुहानमा फेला परेको छ ।

बुधबार दिउँसो ४ बजेको आसपासमा पोखरा १२ स्थित सेवा हस्पिटल नजिकैको खुला नहरमा उनले हाम फालेका प्रत्यक्षदर्शी भीम बहादुर विकले बताए । बुढा बुढिसंगै आएका उनिहरु नहरमा लगाईएको रेलिङको मुनि पट्टीबाट हाम फालेको विकले बताए । खड्काले मापसे समेत गरेका उनले बताएका छन् । सामात्ने प्रयत्न गर्दा गर्दै खड्काले हाम फालेको उनले बताए ।
पोखरामा बसेर वायरिङको काम गर्दै आएका रमेश के कारणले नहरमा हाम फाले भन्ने विषय नखुलेपनि उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको छ ।

सेति सिचांई नहरका कतिपय खुला स्थानहरुबाट मानिसहरुले हाम फाल्ने गरेका छन् । नहरमा महिनामा दुई तिन जनाको शव भेटिने गरेको सिंचाईका कर्मचारीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार