रुपा गाउँपालिका वडा नं ६ आँपुखोलामा निमार्ण गरिएको ३७० मिटर ढलान बाटोको उद्धघाटन गरिएको छ ।
प्रदेश सांसद विकास कोषवाट २५ लाख र ६ लाख २५ हजार स्थानीय जनश्रमदान बाट निर्माण गरिएको ढलानबाटोको संघिय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सभाको विकास समितिका सभापति दिपक कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, आज ३१५ जनामा कोरोना पुष्टि


सो अवसरमा सांसद अधिकारीले समृद्ध ग्रामिण सडक निर्माणको अभियानमा आफु रहेको बताउँदै समावेशी बिकासको लागी गाउँपालिका लागि परेको भन्दै विकासमा हातेमालो गर्न सबैलाई आव्हान गरे ।
विकास समितिका अध्यक्ष कोइरालाले विकासमा कुनै कसुर बाकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय पूर्वाधार निर्वाचन क्षेत्र, लगायत सवै क्षेत्रमा विकास पुर्वाधारका कार्यक्रमको निर्माणले स्थानीय सरकारले प्रारम्भिक सर्वेक्षण गरेर बाँकी रहेका कार्यक्रम सवै मिली सहकार्य गरी गाउँमा नै आय आर्जन गरी अगाडी वढ्नु पर्ने धारणा व्यक्त गरे ।

जलकुम्भी झारले छोपिएको फेवातालको दृश्य (भिडियो सहित)


रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक जोडिएपछि स्थानीयलाई गाउँपालिका कार्यालयसम्म आवतजावत गर्न सहज भएको र स्थानीय स्तरमा उत्पादित अन्नवाली तरकारी र फलफुल गाउँपालिकाको सहयोगमा बजारसम्म सहज हुने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार