पोखरा, वैशाख ।
्टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार–२०७५ पत्रकार ऋषिराम बराललाई प्रदान गरिएको छ । कोइराला परिवारद्धारा स्थापित उक्त पुरस्कार नेपाल पत्रकार महसंघ कास्कीद्धारा आयोजित एक कार्यक्रमबा बिच पत्रकार बराललाई प्रदान गरिएको हो । २५ हजार १ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला सहितको उक्त पुरस्कार पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले पत्रकार बराललाई प्रदान गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख जि.सीले पत्रकारीताको क्षेत्रमा खोजमुलक पत्रकारीतामा जोड दिनुभयो । पत्रकारीताको थप विकास र व्यावसायीकताको आवाश्यकता औल्याउदै उहाँले पेशालाई मर्यादित र सम्मानित बनाउनुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा बोल्दै पत्रकार बरालले पुरस्कारले आफुलाई पत्रकारिता पेशाप्रति जिम्मेवारी थपेको बताउनुभयो । उहाँले पत्रकारितामा आउने कुनैपनि चुनौतीको सामना गर्दै निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालयकी अप्सरा दिदीले पत्रकारहरुले समाचारलाई बाहिर ल्याउने क्रममा आवश्यकता अनुसार चल्नुपर्ने बताउनुभयो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले पत्रकारिता आफैँमा जोखिमपुर्ण कार्य भएको उल्लेख गर्दै राम्रो काम गर्दा गर्दै पनि पत्रकारलाई अंकुश लगाउने दुस्प्रयासहरु हुने गरेको बताउनुभयो । पुरस्कारका मुख्य संस्थापक सुवर्ण कोईरालाले आफनो आमाको चाहानामा उक्त रस्कारको स्थापना गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार