काठमाण्डौ, जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सुनिश्चित गरेको अधिकारको रक्षा गर्न आह्वान गर्नुभएको छ । मानवअधिकारका लागि एकल महिला समूहको २५औं रजतजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने बताउनुभएको हो । उहालेसंविधानमा महिला–पुरुषको समान अधिकार स्थापित भएकाले यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो । एकल महिलाका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्था गरेको भन्दै उहाले उनीहरुलाई आर्थिक एवं सामाजिक परिवर्तनका लागि अग्रसर गराउनु अहिलेको आवश्यकता रहेको जिकिर गर्नुभयो । त्यस्तै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कानुनतः एकल महिलाको अधिकार स्थापित भएपनि सामाजिक, सांस्कृतिक एवं आर्थिक हिसाबले भेदभावको अवस्था कायम रहेकाले यसविरुद्ध सबै जुट्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले एकल महिलाको सुविधाका लागि निर्माण गरिएको सुरक्षित सेवागृहको उद्घाटन गर्नुभएको थियो भने रजतजयन्तीका अवसरमा एकल महिलाका फोटो प्रदर्शनी, स्वास्थ्य शिविरलगायत उनीहरुले उत्पादन गरेको विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।


मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउंदै उक्त पर्वमा विदा दिन माग गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आवश्यक छलफल पछि मुस्लिम समूदायको पवित्र पर्व इदउल फित्रको दिन सार्वजनिक विदा दिनेबारे निर्णय गरिने बताउनुभएको थियो । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पवित्र पर्व इदउल फित्रको दिन परेको परीक्षा स्थगित गर्न र उक्त दिन सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको जानकारी दिनुभयो । यस अघि इदउल फित्रमा सार्वजनिक विदा दिने गरिए पनि वर्तमान सरकारले भने विदा कटौति गरेको छ ।


विराटनगरमा हुने मिस नेवा कोशीको फाइनल राउण्डमा १६ जना प्रतियोगिहरुले प्रवेश पाएका छन । स्थानिय बिग होटलमा आज आयोजित अन्तिम अडिसनमा निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिंदै धरान,विराटनगर र इटहरीका १६ जना युवतीहरु फाइनल राउण्डमा प्रवेश गरेका हुन । अडिसनमा सहभागि प्रतियोगि समक्ष साहित्यकार सरिता तुलाधर,कवि एवम पत्रकार मिनकुमार नवोदित र मिस नेवा कोशीको यसअघिका उपाधि विजेता सुधा श्रेष्ठले प्रश्नहरु राख्नुभयो । मन्जिना मुभी क्रिएसनको आयोजनामा मिस नेवाको तेश्रो संस्करण यहि जेठ ३२ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो । प्रतियोगिताका उपाधि विजेतालाई स्कुटी र ५ लाखको बिमा सहित क्राउन प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले जानकारी दिनुभयो । फाइनल प्रतियोगितामा सहभागि गराउनु अघि प्रतियोगिलाई ¥याम्प वाक,बोल्ने शैली र नेवा भाषा प्रशिक्षण सम्बन्धि १६ दिने बन्द प्रशिक्षण दिइने उहांले बताउनुभयो ।


नेपाल बिद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुन्चौर इकाईले नवआगन्तुक बिद्यार्थीहरुलाइ स्वागत,सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य , युवा नेता , पृर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले प्रमुख आतिथ्य ग्रहण गर्दै नेपाललाइ भेनेजुएला बनाउने कि साउथ कोरिया जस्तो बनाउने यो कृषि पढ्ने बिद्यार्थीको हातमा रहेको जानकारी दिनुभयो, कृषि क्याम्पसको कार्यक्रममा सहभागि भइ धेरै समय बिताउने रहर हुदाहुदै नमिलेको बताउँदै कुनै समय आएर भातृत्व गाँस्ने भन्दै नेपाल बिद्यार्थी संघका साथीहरुलाई आफ्नो कार्यमा तल्लिन रहन जोड दिदै आफ्नो बिद्यार्थी राजनैतिक कालखन्ड्ड बारे जानकारी दिनुभयो । विशेष अतिथि शुक्रराज शर्मा, अतिथिहरु पुर्व सांसद शारदा पौडेल, नेविसंघ निवर्तमान उपाध्यक्ष ड्डिल्लीराम सुवेदी, कांग्रेसका जिल्ला नेता पुष्पेन्द्र पान्डे, ने.बि.संघ निवर्तमान केन्द्रीय सदस्य भानु दकाल लगायतले मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सभापति इकाई सभापति सुजन सापकोटाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन इकाई सचिव दिक्षा सुवेदीले गर्नु भएको थियो । स्वागत मन्तव्य इकाई उपाध्यक्ष सुमन बिमलीले दिनु भएको थियो । कृषि क्याम्पस, चितवन, प्राकृतिक स्रोत व्यवस्थापन कलेज टिकापुर कैलाली र प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरका करिब ४० जना नव आगन्तुक बिद्यार्थीहरु को उपस्थिति रहेको थियो । चितवन र कैलाली बाट उपस्थित विद्यार्थीहरुले यस स्वागत कार्यक्रम बाट आत्मियता साट्ने मौका मिलेको साथै पुरन्चौरका विद्यार्थीहरुबाट माया पाउने अवसर प्राप्त भएको अनुभव सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार