काठमाण्डौ, जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसदको कामकारवाही अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै राजपाका सांसदहरु उठेर विरोध गर्दे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । राजपा सांसद महेन्द्र राय यादवले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।


उहाले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक सभामुखबाट रुलिङ हुदा पनि सार्वजनिक नभएको भन्दै आपत्ती जनाउनुभयो । उहाले अव पनि आफुहरुको माग पुरा नभए सदनको कारवाही नै अवरुद्ध पार्ने चेतावनी दिनुभयो । त्यस्तै उहाले संविधान संसोधनका बिषयमा आफुहरुले राखेको माग पनि पुरा नभएको भन्दै छिटो भन्दा छिटो संविधान संसोधनको प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।
उहाले संविधान संशोधनका बिषयमा सरकारबाट स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो । बैठकमा सभामुख कृष्ण वहादुर महराले राजपाले उठाएको मागका बारेमा उचि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार