रेडियो अन्नपूर्णको बृहत् रक्तदान चैत्र १६ गते :

पोखरा, “स्वास्थ्यका लागि रक्तदान” मूल नारासहित रेडियो अन्नपूर्णले बिगत्का वर्षको झैं यस पटक यहि चैत्र १६ गते रेडियाकोे प्राङ्गणमा १८ औं संस्करणको बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रेडियोमा आज आयोजित रक्तदान कार्यक्रमको तयारी बारेमा आयोजना गरिएको वैठकमा प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले यस पटकको रक्तदान कार्यक्रम “स्वास्थ्यको लागि रक्तदान” भन्ने मूल नारासहित आयोजना गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रमको उदेश्य पोखरामा भईरहेको रगतको अभावलाई सघाउ पुर्याउन र नयाँ रक्तदाताको खोजि गर्नु भएको बताउनु भयो ।

वैठकले सन्तोष बस्यालको संयोजकत्वमा विभिन्न उपसमितिसहित मूल समिति घोषणा गरेको छ ।

बैठकको अध्यक्षता गर्नुभएका रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले स्थापनाकालबाट वार्षिक कार्यक्रम अनुसार चैत्रको तेश्रो हप्तामा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम यो पटक चैत्रको १६ गते आयोजना गरिएकोले शुभेच्छुक÷श्रोता सबैमा सहभागिताको लागि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो ः“यो कसैको जीवन बचाउने अभियान हो, तपाँईको सहकार्य आवस्यक छ ।”

प्रवन्ध निर्देशक सुनयना पालिखेले रेडियोले परेको बेलामा आकस्मिक रुपमा पनि रक्तदान गर्दै आएको स्मरण गर्दै चैत्र १६ गते आयोजना गरिने बृहत् रक्तदान कार्यक्रममा व्यक्तिगत् तथा संस्थागत रुपमा सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले केहि संस्थाले कार्यक्रममा संस्थागत सहभागिता जनाउने भएको जानकारी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार