काठमाण्डौ, जेठ ।
उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गर्नुभयो । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्नुहुने कार्यक्रम छ । उपराष्ट्रपति पुन जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनु भई नेपालको धारणा राख्नुहुनेछ । भ्रमणको क्रममा उहाँले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नुहुनेछ । उपराष्ट्रपति पुन भियना अन्तर्रा्ष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनु हुनेछ । उहाँ यही जेठ १८ गते स्वदेश फर्कनु हुनेछ ।

नेपाली काग्रेसका नेताहरुले दुईतिहाइको दम्भ देखाउँदै सरकारले संविधानको मर्म र भावना विपरित काम गरिरहेको आरोप लगाएका छन् । आइतबार नेपाली कांग्रेसको जारी जनजागरण अभियानअन्तर्गत काठमाडौं क्षेत्र नं. १ ले गरेको कार्यक्रममा उनीहरुले सरकारको गलत कामका विरुद्ध काग्रेस एक भएर अघि बढ्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा काग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जनताको अधिकार स्थापित गर्न सडक र सदनमा आन्दोलन गर्ने तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले राष्ट्रिय सुरक्षा, मानवअधिकार र प्रेस स्वतन्त्रता माथिको अंकुश लगाउन खोजेर सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप पनि लगाउनुभयो । सरकारका गतिविधि मौलिक अधिकार कुण्ठित गर्ने खालका भएकाले आफूहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने उहाले बताउनुभयो । त्यस्तै काग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताउनुभयो । नेता सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल गर्नुभयो । नेता सिंहले पार्टीको सिद्धान्त र आदर्शलाई मुलभूतरुपमा स्वीकार्दै पार्टीलाई अघि बढाउनुपर्ने धारणा पनि राख्नुभयो । कार्यक्रममा काठमाडौं कांग्रेस सभापति सबुझ बानियाँले पार्टीले अघिसारेका जुनसुकै गतिबिधिलाई सफल बनाउन काठमाडौं कांग्रेस तयारी अवस्थामा रहेको बताउनुभयो ।

विराटनगर १३ स्थित बागमती प्लास्टोटेक प्रालि उद्योग परिसरमा मजदुरहरु धर्ना बसेका छन । बिना कारण निश्काषन गरिएका मजदुरहरुलाई पुर्नबहाली गराउन र श्रम ऐन अनुसारको पारिश्रमिक पाउनुपर्ने मागगर्दै सो उद्योगमा कार्यरत मजदुरहरु उद्योगको गेटमा धर्ना बसेका छन । उद्योगले श्रमऐन अनुसार पारिश्रमिक नदिएको र श्रम शोषण समेत गरेपछि मजदुरहरले आवाज उठाएकै कारण गएको पौष महिना उद्योगमा कार्यरत ८ जना मजदुरलाई उद्योगले निष्काशन गरेको मजदुरहरले बताएका छन । पछि ३ जना मजदुरलाई काममा फर्काइएपनि ५ जनालाई काम नगदिएपछि मजदुरहरु श्रम कार्यालय गुहार्न पुगेका थिए । श्रम कार्यालयले समेत निष्कासित गरिएका श्रमिकहरुलाई ७ दिनभित्र पुर्नबहाली गर्न भन्दै गएको चैत्र २७ गते निर्देशन दिएको जनाइएको छ । तर उद्योगले त्यसलाई कार्यान्वय नगरेपछि मजदुरहरुले उद्योग संचालनमा अवरोधगर्दै गेटमै धर्ना दिइरहेका छन । अधिकार माग्दा मजदुरलाई निश्काषण गरिएको र श्रम शोषण समेत गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको समाजबादी लोकतान्त्रीक ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बताउनुभयो । मजदुरहरुलाई पर्नबहाली नगरेसम्म धर्ना जारी रहने उहांले बताउनुभयो । उक्त उद्योगमा २० जना मजदुरले कामगर्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार