लामो समयदेखी पोखरा विश्वविद्यालय नेतृत्वविहिन भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । दोस्रो चरणको आन्दोलन बताएका उनिहरुले आज कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
उनिहरुले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ९६ घण्टाको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका हुन् । तोकिएको समयभित्र उपकुलपति नियुक्तीबारे जानकारी गराउन र प्राध्यापक तथा विद्यार्थीलाई शिक्षा मन्त्रालयसँग सम्पर्क गर्ने वातावरण बनाइदिन आग्रह गरिएको छ ।

नेपालमा आज १ सय ३३ जनामा कोरोना संक्रमित थपिए, १ सय ७ जना अस्पतालबाट डिस्चार्ज


४ दिनभित्र आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी समेत दिएका छन् । उनिहरुले विश्वविद्यालय लामो समय पुर्णकालिन नेतृत्वको अभावमा रहेका कारण पठनपाठन प्रभावित भएको र हजारौ विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको बताए ।
विश्वविद्यालयमा तत्काल पुर्णकालिन नेतृत्वको आवाश्यक रहेको उनिहरुले बताएका छन् । उनिहरुका अनुसार विश्वविद्यालयमा उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, परीक्षा संचालन, शिक्षक नियुक्ती, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत प्रभावित भएका छन् ।
उपकुलपति नहुदाँ रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पद समेत रिक्त छ । यस्तै परीक्षा नियन्त्रक र विभिन्न केन्द्रका कार्यकारी निर्देशक पनि नरहेका विद्यार्थीहरुको गुनासो छ ।

नेपालमा कोरोना संक्रमणका कारण आज फेरि एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४४ पुग्यो


तत्कालीन उपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्ष कै असोमा सकिएको थियो । त्यसपछि डिन बुद्धिराज जोशीले ३ महिना विश्वविद्यालयको नेतृत्व सम्हालेका थिए । उनको कार्यकाल सकिएपछि विश्वविद्यालय नेतृत्वविहीन बनेको छ ।
विश्वविद्यालयका ४ आंगिक र देशभर ५५ भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरु संचालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार