पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वतन्त्र समुह भ्वाईस अफ स्टुडेन्टले पोखराको मानवअधिकार चोकमा व्यङ्ग्यात्मक दवावमुलक प्रदर्शन गरेको छ ।
११ महिना देखी विश्वविद्यालय नेतृत्वविहिन भएको भन्दै उपकुलपति नियुक्तीको माग गर्दै उक्त समुहले साहित्यीक रचना मार्फत सरकारलाई झकझकाएको हो ।

विराटनगर महानगरपालिकामा भोलीदेखि लागू हुने गरी १५ दिन फेरि लकडाउन


तेस्रो चरणको आन्दोलन बताएका उनिहरुले कविता र मुक्तक मार्फत उपकुलपति, रजिष्ट्रार र परिक्षा नियन्त्रकको नियुक्तीको माग गरेका हुन् ।
सरकारले विश्वविद्यालयलाई लामो समय पुर्णकालिन नेतृत्व विहिन बनाएर हजारौ विद्यार्थीहरुको भविष्य माथी खेलवाड गरिरहेको बताए ।
विश्वविद्यालय नेतृत्व विहिन हुदाँ विभिन्न विभागहरु खालि रहेका, परीक्षाहरु नियमित संचालन नभएका, पठनपाठन नियमित नभएको लगायतका समस्याहरु देखिएको उनिहरुले बताएका छन् ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, ललितपुरमा ६५ वर्षीया एक महिलाको मृत्यु


उनिहरुले तत्काल नेतृत्व नियुक्त गरि हजारौ विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार