पोखरा विश्वविद्यालयले कोरोना महामारीका बिच आह्वान गरिएको लकडाउनका कारण प्रभावित भएका स्नातकोत्तर तह लगायतका पुर्व निर्धारित परीक्षाहरु आगागी भाद्रको अन्तिम सातादेखी संचालन गर्ने निर्णय गरेको छ ।
दशै अगावै सक्ने गरि परीक्षा संचालनको तयारी गरिएको विश्वविद्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकाहरुको पुर्ण पालना सहित परीक्षा संचालनका लागि आवाश्यक तयारी भैरहेको सुचनामा जनाईएको छ ।

कास्कीमा थपिएका एक जना संक्रमित मणिपालका चिकित्सक भएको पुष्टि, १२०१ जना डिस्चार्ज


विद्यार्थीहरु देशभर छरिएका कारण लामो दुरीका सवारी सधानहरु भाद्र १ गतेदेखी मात्र संचालन हुने भएकाले तत्काल परीक्षा संचालनको सम्भावना नरहेको विश्वविद्यालयले जनाएको छ ।
साथै विश्वविद्यालयमा लामो समयदेखी उपकुलपति, रजिष्ट्रार र परीक्षा नियन्त्रक लगायत महत्वपुर्ण पदाधिकारीहरुको पद रिक्त रहेका कारण तत्काल परीक्षा सम्बन्धि थप जानकारी र परीक्षा तालिका सार्वजनिक गर्न नसकिएको पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कांग्रेस निकटका वडा अध्यक्षको आरोप, पोखरा महानगरपालिका चरम आर्थिक अनियमितताको दलदलमा


ति पदहरुमा पदाधिकारीहरु नियुक्ती पश्चात परीक्षा सम्बन्धि विस्तृत विवरण सार्वजनिक गरिने कार्यालयले जनाएको छ । विद्यार्थीहरुले समेत रिक्त पदाधिकारीहरु नियुक्तीको माग गर्दै आन्दोलन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार