प्रदेश विकास समस्या समाधान समिति गण्डकी प्रदेशको भोलि (शुक्रबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ ।
बैठकको एजेण्डाहरुमा व्यवस्थित छलफल गर्नुपर्ने भएकाले आवाश्यक तयारी नपुगेको भन्दै बैठक भाद्र ८ गते बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाकारी दिए ।
आफ्ना दैनिक गतिविधिहरु सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै मुख्यमन्त्री गुरुङ्ले सो जनाकारी दिएका हुन् ।
सो बैठकमा प्रदेश विकासका समस्या संगै समाधानका उपायहरु समेत प्रस्तुत गरि ठोष निर्णयका साथ कार्यान्वयनका लागि आगाडी बढिने मुख्यमन्त्री गुरुङ्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार