गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत र म्याग्दीमा हेमो डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।
पर्वत जिल्ला अस्पताल र म्याग्दीको बेनि अस्पतालमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । अस्पतालको सेवा विस्तार भएसंगै मिर्गौलाका बिरामीले अब निशुल्क डायलाइसिस सेवा पाउने भएका छन् ।
पर्वत जिल्ला अस्पतालमा ४ वटा डायलसिस मेसिन जडान गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको १ करोड ३० लाख रुपैयाँबाट किनिएको मेसिनको सेवा सुरु भएपछि अब पर्वतका बिरामी मिर्गौला डायलाइसिस गर्न अर्को जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

१४ वर्षदेखी निरन्तर आन्दोलनमा पृथ्वीनारायण क्याम्पसका आंशिक प्रध्यापकहरु, प्रशासन भवनमा तालाबन्दि


पर्वत जिल्ला अस्पतालको डायलसिस सेन्टरमा २४ सै घन्टा सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । २ सिफ्ट चलाउँदा दैनिक १२ जना बिरामीलाई सेवा दिन सक्ने क्षमता सेन्टरसँग रहेको छ ।
यस्तै म्याग्दीका मृगौला पिडितहरु पनि अब डायलाइसिस सेवाका लागि अर्को जिल्ला जानु नपर्ने भएको छ । जिल्ला मै उनिहरु सो सेवा प्राप्त गर्नेछन् ।
सेवाको उद्धघाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि कुनैपनि हालतमा तयार रहेको बताए । नागरिकको स्वास्थ्य र उसको जिवन रक्षा प्रदेश सरकारको पहिलो प्राथाकिमता हुने उनको भनाई छ ।

पोखरा महानगरपालिकामा भएको अनियमितताले हामीलाई लज्जित बनायो : जागौँ पोखरा अभियान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार