पोखरा, वैशाख ।
रुपा गाउँपालिका वडा नं.–६ खोलाको छेउ स्थित पृथ्वीरुपा माविमा आयोजित महायज्ञबाट झण्डै १ करोड रुपैंया संकलन भएको छ । गत पौष १९ गतेदेखी २७ गतेसम्म संचालित श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञबाट ९५ लाख ८५ हजार संकलन भएको आयोजक समितिले आईतबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि सार्वजानीक गराएको हो ।


आय व्यय विवरण सार्वजनिक गर्दै आर्थिक उप–समितिका संयोजक ज्ञानेन्द्रराज सुवेदीले कुल ९५ लाख ८५ हजार आम्दानी भएको, २३ लाख ७४ हजार खर्च भई ७२ लाख ११ हजार वचत भएको विवरण सार्वजनिक गरेका हुन । कार्यक्रममा उपस्थीतलाई स्वागत गर्दै पोखरा महानगरपालिका वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीले महायज्ञबाट वचत भएको रकम जुन उदेस्यका साथ गरिएको थियो साही अनुरुप नै खर्च हुनुपर्ने सुझाव राखेका थिए ।
यस्तै दानदाताहरुको तर्फबाट बोल्दै महाविर वस्नेत, सुकमाया आले, हरिप्रसाद पँगेनी, धिरज कुमार श्रेष्ठ लगायतले आफुहरुले महायज्ञमा गरेको दानको सहि सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महादेव सुवेदी, महायज्ञ आयोजक समितिका सह–संयोजक सुवेदार तुल बहादुर गुरुङ, मुल समारोह समितिका सह–संयोजक रामचन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्र बहादुर सुयल लगायतले बोलेका थिए । महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै रुपा गाउँपालिका वडा नं. ६ का बडाअध्यक्ष नारायण गुरुङले महायज्ञबाट संकलित रकम र विभिन्न संघ संस्थाहरुको सहयोगमा वडाको भिमसेन डाँडामा १ करोड ७ लाखको लागतमा ६ कोठे पक्की भवन निर्माण भएको र अन्य निर्माणका काम गाउँपालिका र अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै ब्यवहारीक र प्रयोगगात्मक शिक्षाका लागि प्राविधिक शिक्षाको पढाई संचालन गर्नेमा आफुहरु तल्लिन रहेको धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थीत स्थानियहरुले संकलित रकमको पारदर्शिता, सदुपयोग र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन लगायतका विषयमा सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रामचन्द्र ओझाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार