श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्ष मै दुई महिला कर्मचारीले कुटपिट गरेका छन् ।
भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि आज बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
उनीहरु दुबै करारका कर्मचारी रहेका बताईएको छ । काममा पेलेको र गालीगलौज गरेको भन्दै सञ्जेल माथी कुटपिट भएको प्रहरीले बताएको छ ।
सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।

जलकुम्भी झारले छोपिएको फेवातालको दृश्य (भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार