काठमाण्डौ, वैशाख ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार मुलुकको बिकास निर्माणमा असफल देखिएको आरोप लगाउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले बिकासका लागी सरकारले चर्को नारा लगाएपनि बिकासको काम भने हुन नसकेको आरोप लगाउनुभएको हो ।


सरकारले संघीयतालाई संस्थागत गर्न पनि ढिलाई गरिरहेको भन्दै उहाले संघीय कानून पनि निर्माण गर्न नसकेको धारणा राख्नुभयो । नेता सिंहले सरकार कुहिरोको काग हराएजस्तैको अवस्थामा रहेको बताउनुभयो । उहाले भ्रष्टाचारका मामिलाई ठूला माछा होईन साना माछापनि समात्न नसकेको टिप्पणी गर्नुभयो । नेता सिंहले बिभिन्न क्षेत्रका कर्मचारीहरु नै सरकारप्रति असन्तुष्ट रहेको बताउनुभयो ।
कार्यक्रममा काग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले यसअघि नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नै बनाउन नसकेका कारण नेपाली श्रमिकहरु विदेशीन बाध्य भएको बताउनुभयो । अहिले दुईतिहाईको सरकारले मुलुकलाई समृद्ध रुपमा अघि बढाउन ढिलाई गर्न नहुने उहाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार