पोखरा, २७ फाल्गुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईमा पृथकतावादी आन्दोलन चलाईरहेका सिके राउतसंग हालै मात्र सरकारले गरेको सहमतिका सम्बन्धमा अनावश्यक शंका नगर्न आग्रह गरेका छन् ।
पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले राउतसंगको ११ बुँदे सहमति राष्ट्रिय एकता र अखण्डताको रक्षाका खातिर गरिएको दावी समेत गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले राउतसंगको समहतिमा उल्लेख गरिएको जनअभिमत भन्ने शब्दको अपब्याख्या गर्दै अर्नगल प्रचार नगर्न सुझाए ।


कतिपयले यसलाई जनमतसंग्रहका रुपमा बुझेका बताएका उनले कसैको चाहाना र लहडमा जनमत संग्रह नहुनेमा विश्वस्त हुन आह्वान समेत गरे । तराईमा स्वराज तथा पृथकतावादी आन्दोलन चलाईरहेको एउटा समुहको नेतृत्वकर्ताका हैसिषयतले राउतलाई मुलधारको राजनीतिमा आउने पाठका रुपमा त्यो सहमतिलाई बुझ्न उनले आग्रह गरे । सहमतिमा राउतले संविधानको भावना अनुरुप राष्ट्रिय एकता, स्वाधिनता र भौगोलिक अखण्डतालाई स्विकार गरेको प्रचण्डले बताए ।
तर, सहमतिको पर्शिपल्ट तराई मधेशमा पुगेका राउतको स्वागतार्थ उनका कार्यकर्ता तथा सर्मथकहरुले स्वतन्त्र मधेसको नारा लगाएको र फ्री मधेश लेखिएका व्यानर, पम्प्लेट र झण्डाहरु प्रदर्शन गरेका समाचारहरु बाहिरिएका छन् । तर, त्यसलाई अध्यक्ष प्रचण्डले हल्का टिप्पणी गर्दै राउतका गतिविधिहरु अस्वाभाविक भए त्यसको अन्तिम निर्णय गर्ने अधिकार सरकारसंग सुरक्षित रहेको बताए ।

#Prachanda

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराईमा पृथकतावादी आन्दोलन चलाईरहेका सिके राउतसंग हालै मात्र सरकारले गरेको सहमतिका सम्बन्धमा अनावश्यक शंका नगर्न आग्रह गरेका छन् ।https://www.googlepokhara.com/prachanda-1/

Posted by GooglePokhara on Monday, 11 March 2019

अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपालाई पनि वार्ता, संवाद र छलफल मार्फत समस्याको समाधानमा लाग्न आग्रह गरे । उग्रताका भरमा वर्षौ पहिलेका कुराहरुको नक्कल गर्न खोज्नु पार लाग्ने विषय नभएकाले मुलधारको राजनीतिमा आउन सुझाए ।
फरक प्रसंगमा ताप्लेजुङको पुङलिङमा हवाइ दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा चुनावबारे पार्टीमा औपचारिक कुरा भई नसकेको उनले प्रष्ट्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार