पोखरा । जेठ १८ गतेदेखि पोखरामा खुल्ला पुल प्रतियोगिता हुने भएको छ ।लेक साइड ब्वाईजको आयोजनामा हुन गई रहेकोे पुल प्रतियोगिता खुल्ला प्रतियोगिता भएकोले विदेशीहरुले पनि सहभागिता जनाउने विश्वास आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार , द्धितिय पुरस्कार १० हजार नगद तथा शिल्ड र प्रमाणपत्र रहकोे जनाएको छ । कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल २०५१ सालमा नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संघ हो ।

१५ औ शताब्दी देखि बेलायतबाट यो खेलको शुरु भएको मानिन्छ । यो खेल उच्च घरानाका व्याक्तिहरुले मनोरञ्जनको रुपमा खेलेर शुरुवात गरेको पाईन्छ । नेपालका भने तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत बस्दा यो खेल सिकेको र नेपालमा भित्राएको इतिहास भेटिन्छ । यो प्रतियोगिताले ठुलो उद्धेश्य बोकेको नभए पनि मनोरञ्जनको रुपमा युवा माझ खेललाई प्रतियोगिताको रुप दिदा व्यवसायिक खेलाडी बन्न सघाउन सघाउ पुग्न सक्ने पृथ्वी गुरुङले बताए । लेकसाईडको लोकप्रिय इमोन्स क्याफेमा आयोजना हुने उतm प्रतियोगितामा पोखरा लगायत अन्य ठाउँ गरि १ सय जना खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार