कास्की : भिरबाट लडेको

मिति २०७५।१२।०१ गते काठमाण्डौंको हिमालयन शेर्पा एडभान्चर कम्पनीबाट ४ जना जापनीज नागरीक र २ जना नेपाली गाईड गरी ६ जना मर्दी हिमालको लागि ट्रेकिङमा आएकोमा आज मिति २०७५।१२।०६ गते माछापुच्छ्रे गाउँपालिका-९ मर्दी हिमालको View Point मा गई होटल तर्फ फर्कने क्रममा जापनीज नागरीक PP No.TR2837904  भएको वर्ष ६४ को NAJASAWA  MAJAHSI  पुरुष व्यक्ति बाटोमा चिप्लन गई भिरबाट अन्दाजी ७००/८०० मिटर तल खसेको भन्ने खबर गाईड पासाङ दावा शेर्पाबाट खबर प्राप्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भएको छ ।

स्याङजा : मृत अवस्थामा फेला

मिती २०७५।११।२९ गते चापाकोट नगरपालिका-६ धारापानी बस्ने वर्ष ४४ को बालकृष्ण पोख्रेल सोहि स्थानको सोल्टि भन्ने स्थानमा बाख्रा छोड्न भनि गएकोमा हाल सम्म पनि घर फर्कि नआएको भनि निजको आफन्तले आज मिती २०७५।१२।०६ गते यस चौकीमा हुलिया निवेदन दिएकोमा तत्कालै प्रहरी टोली खटिई खोजतलाश गर्दै जाने क्रममा सोहि स्थान स्थित गोरेटो बाटो देखि अन्दाजी ५०० मिटर तल खोल्सामा उनको शव फेला परेको छ । निजले प्रयोग गर्ने मोबाईल र लगाएको कपडाबाट उनलाई पहिचान गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

बागलुङ : हतियार फेला

मिति २०७५।१२।०६ गते ढोरपाटन नगरपालिका-६ छेपारेको जंगलमा रहेको फुस्रेको झ्याङमा प्लास्टीकले बेरेर लुकाई राखेको अवस्थामा १ थान एकनाले भरुवा बन्दुक र सोही बन्दुकमा प्रयोग गर्ने छर्रा अन्दाजी १ के.जी. प्रहरीले फेला पारेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।

लमजुङ : नदिमा डुबेर फेला मृत्यु

मिति२०७५।१२।०५ गते वेशीशहर नगरपालिका-३ स्थित रहेको मर्स्याङदी नदीमा बेशिसहर नगरपालिका-११ चिति बस्ने वर्ष ३४ को प्रकाश पाण्डे  नदिमा डुबेर बेपक्ता भएको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई खोजतलाश गर्नेक्रममा आज मिति २०७५।१२।०६ गते पुन सोही स्थानमा खोजतलाश गर्नेक्रममा मृत अवस्थामा फेला पारी शवलाई पोष्टमार्टमका लागि सामुदायिक अस्पताल बेसिशहर पठाई थप अनुसन्धान भईरहेको छ ।

पर्वत : सवारी दुर्घटनामा १ जना घाइते

आज मिति २०७५।१२।०६ गते पैंयु गाउँपालिका-४ हातेमालो चोक स्थितमा बैलीवास बाट हुवास तर्फ आउदै गरेको ग.४.प. ८४१४ नं. को मोटरसाईकलले पैदल यात्री पर्वतकै महाशिला गाउँपालिका-३ बस्ने वर्ष २१ को राम बहादुर थापालाई ठक्कर दिँदा घाइते भई उपचारको लागि स्याङजा,वालिङ पठाईएको छ ।  घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई तप अनुसन्धान भईरहेको छ ।

तनहूँ : सवारी दुर्घटनामा १ जना घाइते  

मिति २०७५।१२।०६ गते व्यास नगरपालिका-१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट दमौली तर्फ आउँदै गरेको ना.२३प. ६८१७ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको  बा.१७च. ९७८१नं. को हाईलेक्स कार एक-आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक व्यास नगरपालिका – बस्ने वर्ष २४ को दिपेन्द्र लम्साल घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई कार चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार