स्याङ्जा : मृत अवस्थामा फेला  

मिति २०७५।१२।२३ गते वालिङ नगरपालिका-१४ कोखे र डाङसिङ बिचको ठूलो चौर भन्ने स्थानका वर्ष ५६ को खड्क बहादुर श्रेष्‍ठ सोहि स्थान स्थित कोखे भन्ने स्थानमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

कास्की : अबैध हातहतियार बुझाएको

मिति २०७५।१२।२३ गते मादी गाँउपालिका-२ बस्ने वर्ष ८२ को जोक बहादुर गुरुङले भरुवा बन्दुक थान १ (लाईसेन्स नभएको) ल्याई अस्थायी प्रहरी  चौकी सिल्दुजुरेमा बुझाएका छन् । प्रहरीद्धारा थप अनुसन्धान भईरहेको छ  ।

 तनहुँ : सवारी दुर्घटनामा १३ जना घाइते

मिति २०७५।१२।२३ गते आँबुखैरेनी गाउँपालिका-२ नारीघाट स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ना ५ ख ८१७६ नं.को बस र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ६१६२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनमा सवार गरी जम्मा १३ जना घाइते भएका छन् । घाइते मध्येका १२ जनालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर र थप १ जनालाई पोखरा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

स्याङ्जा : सवारी दुर्घटनामा १ जना घाइते

मिति २०७५।१२।२३ गते पुतली बजार नगरपालिका-१४ लामाके स्थित बस्ने बिर बहादुर सुनारको छोरा बर्ष ८ को अञ्जन सुनारलाई ग ७ प ७२०२ न.को स्कुटरले ठक्कर दिँदा घाईते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार