मिति २०७५।१२।०८ गते पोखरा महानगरपालिका-२४ लौरुक बस्ने ६५ वर्ष की नानिमायाँ सुवेदी आफ्नै पाखो बारीमा पाखुरीको रुखमा घाँस काट्न चढेको अवस्थामा अचानक लडि घाईते भई उपचारको लागी मणिपाल शिक्षण अस्पतालमा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई गई थप अनुसन्धान भईरहेको छ ।

कास्की : जनावर मृत अवस्थामा फेला परेको

मिति२०७५।१२।०८ गते पोखरा महानगरपालिका-१ याम्दि स्थित सडक खण्डमा नियाले बाघको बच्चा जस्तो देखिने पोथी जातको जनावर मृत अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार