नवलपरासी (पुर्व) : मृत अवस्थामा फेला

मिति २०७५।१२।१५ गते बिनयी त्रिबेणी गाँउपालिका-२ ढकाल गैरा बस्ने वर्ष ७२ को दिल बहादुर बि.क. सोहि स्थान बस्ने हेमलाल गुरुङको गोठमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मुस्ताङ : उपचारको क्रममा १ जनाको  मृत्यु

मिति २०७५।१२।१५ गते घरपझोङ गाँउपालिका-३ जोमसोममा रहेको हिमालय ईन होटलमा भारतिय नागरिक तामिलनाडु १५ बस्ने अंन्दाजी ६७ वर्ष को KANAPPAN VAITHILINGAM  मुक्तिनाथ मन्दिर दर्शन पश्चात फिर्ता भई बास बसेकोमा बिहान अचानक बिरामी भई उपचारको लागि जिल्ला अस्पताल जोमसोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ तत्कालै प्रहरी टोलि खटिई गई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

बागलुङ : पहिरोमा परि ३ जना घाइते

मिति २०७५।१२।१५ गते काठेखोला गाँउपालिका-८ लेखानि कर्लिमारे स्थित भित्री सडक खण्ड फराकिलो बनाउनको लागि सोहि ,गाउँपालिका-५ स्थित रहेको आर्मीको अर्जुन बाँण गण घोडाबाँधेमा  स्थानियले उक्त बाटो खन्न सहयोग मागेपछि उक्त गणबाट २० जना आर्मीको टोलि बाटो खन्न भनि गएकोमा अचानक बाटो खन्ने क्रममा पहिरोमा परि हालसम्म नामथर, दर्जा ,वतन नखुलेको ३ जना घाईते भएको र तत्काल स्थानियले उद्दार गरि उपचारको लागी अञ्चल अस्पताल धवलागिरी बागलुङ तर्फ पठाएकोमा घाइते मध्येका २ जनालाई थप उपचारका लागी काठमान्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार