तनहुँ : सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७५।१२।०९ गते ब्यास नगरपालिका -१२ घाँसीकुवा स्थित पृथ्बी राजमार्गमा बिग्रीएर बनाउन लागेको  ना १ ख ६१६२ नं को ट्रक, बा १८ च ७७८७ नं को हाईलक्स र ग १६ प ७७८७ नं को स्कुटरलाई डुम्रे बाट दमौलीतर्फ आँउदै गरेको  ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिंदा बिग्रीएर बनाउन लागेको  ना १ ख ६१६२ नं को ट्रकका चालक चितवन टाँडी बस्ने वर्ष अन्दाजी २४/२५ को सन्तोष राईको मृत्यु भएको छ । सोही स्थान बस्ने उक्त ट्रकका सह-चालक किरण राई घाईते भई उपचार भईरेहेको छ । ठक्कर दिने ट्रक चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

नवलपरासी ( पूर्व ) : शव फेला

मिति २०७५/१२/९ गते गैडाकोट नगरपालिका-१३ सिख्रौली स्थीत नारायणी नदिको बगरको पानीमा अडकिएको अवस्थामा अंन्दाजी ३५/४० वर्षको जस्तो देखीने हाल सम्म नाम थर वतन नखुलेको महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

पर्वत : भिरवाट ढुंगा खसी बसमा लाग्दा मानिस घाइते

मिति २०७५।१२।०९ गते कुश्मा नगरपालिका-२ आरमादी स्थित पोखरा-बाग्लुङ सडक खण्डमा पोखराबाट जोमसोम जाँदै गरेको ग १ ख ५५९६ र ग १ ख ७७४४ नं.को बसहरुमा सडक चक्ल्याउने क्रममा माथीबाट ढुङ्गा खस्नगई ग १ ख ५५९६ नं.को बसमा सवार भारतको यम्दाबाज घर भई जोमसोम टुरको लागि जाँदै गरेको वर्ष ८० को मनोभाई पटेल, सोही बसका सह-चालक कास्कीको पोखरा वर्ष १९को सुनिल पौडेल घाइते भई उपचारको लागि अञ्चल अस्पताल बागलुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

तनहुँ : सवारी दुर्घटना

मिति २०७५।१२।०९ गते आबुखैरेनि गाँउपालिका-४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिनबाट आबुखैरेनि तर्फ आउदै गरेको ON TEST मोटरसाईकल आफै अनियन्त्रित भई नालीमा पल्टिदा मोटरसाईकल पछाडी सवार चितवनको ईच्छाकामना गाउँपालिका-५ मुग्लिन बस्ने वर्ष १६को किसान गुप्ता घाईते भई उपचारको लागि भरतपुर अस्पताल चितवन पठाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार