ड्युटीमा खटिएका प्रहरीलाई जिपले ठक्कर दिंदा दुई प्रहरीको मृत्यु भएको छ ।
गयराति पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा ग२च २६२६ नम्बरको बोलेरो जिपले प्रहरीको ग१ब ३६९ नं.को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवान पाल्पाका २० वर्षीय चन्द्र बहादुर बगाले र बर्दिया बढैयाताल ६ का ३४ बर्षिय प्रहरी हवल्दार डम्बर बहादुर थारुको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रहरीको क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बैदाममा कार्यरत उनिहरुको मृत्यु भएको हो । बगालेको घटनस्थल मै र थारुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले जिप र जिप चालक धादिङ धुनीबेशी गाउँपालिका ५ घर भई पोखरा महानगरपालिका २३ बस्ने विशाल केसीलाई नियन्त्रणमा लिई अनुसन्धन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार