पोखरा, २७ फाल्गुन ।
पोखरा महानगरपालिका कार्यालयले आज स्थापनाको तेस्रो वर्ष रक्तदान कार्यक्रम गरि मनाएको छ । वि.स. २०७३ फाल्गुन २७ गते पोखरा उपमहानगरपालिकाबाट महानगरपालिका घोषणा भएको थियो ।


भुगोलका हिषावले सवैभन्दा ठुलो पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मी रहेको छ । महानगरपालिकाको अफिसियल अनलाईनमा उल्लेख गरिए अनुसार महनगरमा कुल ४ लाख २ हजार ९ सय ९५ जनसंख्याको बसोबास रहेको छ ।


पोखरा महानगरपालिका ३३ वटा वडामा विभाजित छ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ भने उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहु जिल्ला पर्दछन् ।


पोखरा महानगरपालिकामा पहिलो वर्ष विताएका जनप्रतिनिधिहरुले भने विकासका नयाँ सम्भावनाको खोजि र आधारहरुको जगराख्ने काम गरिएको दावि गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार