निषेधाज्ञाको चौठो दिन गण्डकी प्रदेशको राजधानी पोखरा आज पनि शुन्य छ । कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले स्थानिय प्रशासनले आह्वान गरेको निषेधाज्ञाका कारण जनजिवन भने प्रभावित भएको छ ।
मानिसहरु एकाध बाहेक घर बाहिर निस्किएका छैनन्, बजार पसल पुर्ण रुपमा बन्द गरिएको छ । सडकमा अत्यावस्यक बाहेक सवारी साधनहरु पनि चलेका छैनन् । चोक चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
स्थानिय प्रशासनले घरबाहिर ननिस्कन, निस्कनै परे आवाश्यक सुरक्षाका विधिहरु अवलम्बन गर्न, भिडभाड नगर्न र नजान, जथाभावि हिड्डुल नगर्न समेत अपिल गरेको छ । स्कुल कलेजहरु भने ६ महिनादेखी बन्द रहेका छन् ।
पछिल्लो केहि कोरोना संक्रमितहरुको स्रोत नखुलेपछि यो समुदाय स्तरमा समेत फैलिएको हो कि भन्ने आंशकाहरु गरिएका छन् । कास्कीका हालसम्म २६९ जनामा संक्रमित भएका छन् भने १६० जना निको भएका छन् । एक जनाको मृत्यु भैसकेको छ ।
प्रदेशमा भने १८४४ जनामा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार