कोरोना भाइरसको फैलावट रोक्ने उद्देश्यले आह्वान गरिएको निषेधाज्ञाको तेस्रो दिन आज पनि गण्डकी प्रदेशको राजधानी पोखरा सुनसान रहेको छ ।
निषेधाज्ञा कार्यान्वयनका लागि स्थानिय प्रशासनले आम नागरिकहरुलाई अपिल गरेको छ भने, चोकचोकमा सुरक्षाकर्मीहरु खटाईएको छ ।
सडकमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र जथाभावि हिडडुल नगर्न प्रशासनले आह्वान गरेको छ । बजारपसलहरु पुर्ण रुपमा ठप्प रहेका छन् भने सडकमा सवारी गुडेका छैन्न ।
निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले आवाश्यक कार्वाही गर्ने गरेको छ । सुरक्षा, स्वास्थ्य, संचार लगायत अत्यावश्यक सवारीहरुलाई बिना रोकतोक संचालन गर्न दिईएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा हालसम्म २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५९ जना निको भैसकेका छन् । संक्रमित मध्ये २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार