१३ करोड खै भन्ने लगायत विभिन्न संचार माध्यमहरुमा आईरहेका सुचना तथा समाचारहरु प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको पोखरा महानगरपालिकाले प्रष्ट पारेको छ ।
महालेखा परीक्षकको कार्यालयले दिएको प्रारम्भिक प्रतिवेदनमा १३ करोड १ लाख ८१ हजार ७९७ रुपैयाँ ८ पैसा फरक परेको देखिएपनि पछि सम्परीक्षण गर्दा १ करोड ७३ लाख ११ हजार ९७८ रुपैयाँ ५२ पैसा मात्र फरक पर्न गएको महानगरले जनाएको छ ।

तर, यसका विषयमा अविलम्ब के कति कारणले हिषाव फरक परेको हो भन्ने विषयको खोजिका लागि प्रमुख लेखा नियन्त्रकको नेतृत्वमा समयसीमा सहित जिम्मेवारी दिईएको महानगरले जनाएको छ ।
साथै कुनै पनि कारणले महानगर कार्यालयको वित्तिय अनुशासनमा बिग्रेको पहिचान भएमा त्यसको दोषीलाई आवाश्यक कानुनी कार्वाहीको दायरामा ल्याईने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार