पोखरा महानगरपालिकामा करोडौँ रुपैयाँ अनियमितता भएका समाचारहरु विभिन्न संचार माध्यमहरुमा आईरको प्रति आफुहरु लज्जित भएको जागौँ पोखरा अभियानका अभियान्ताहरुले बताएका छन् ।
पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराउदै अभियान्ताहरुले आशा र भरोसा गरिएको महानगरपालिका भ्रष्ट्राचार र आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको खबरले आफुहरुलाई लज्जाबोध भएको उनहिरुले उल्लेख गरे ।

ध्यनाकर्षणमा भनिएको छ, “जनताले चुनेका र करबाट पालिएका प्रतिनिधिहरुबाट नै करोडौको आर्थिक अनियमितता भइरहदा त्यसका छानविन गरि जनता समक्ष प्रष्ट पार्नुहुन र आगामी दिनमा शुसासनको ग्यारेन्टि गर्नुहुन हाम्रो अभियान १५ दिनको अल्टिमेटम सहित प्रष्ट र जोडदार रुपमा माग गर्दर्छौ । अन्यथा हामी हाम्रा अगाडी विरोधका कार्यक्रमहरु गर्न बाध्य हुनेछौँ ।”

साथै उनिहरुले यस्ता प्रकारका अनियमितता, घुषखोरी र भ्रष्टाचारका समाचारहरु कानले सुन्ने, आँखाले देख्ने तर मुखले बोल्न नसक्ने पोखरेलीहरुलाई जागरुक बनाई अनियमितताको भण्डाफोर गर्ने मुख्य उद्देश्य रहेको बताएका छन् ।
अभियानको ध्यानाकर्षणमा शिरिष गुरुङ, सविता शर्मा, अर्जुन पौडेल, गोमा पराजुली, चिरन्जीवी अधिकारी, महेन्द्र प्रसाद ढकाल, दिपक आचार्य, अशोक खड्का र शिवराज बस्ताकोटी (शिवदाई) ले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार