पोखरा महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरु राख्ने आइसोलेसन सेन्टरको प्रयोजनार्थ भौतिक संरचना माग गरेको छ ।
एक सार्वजनिक सुचना प्रकाशित गर्दै महानगरले इच्छुक संस्थाहरुसंग अस्पताल, होटल, पार्टी प्यालेस, अन्य भवन निशुल्क वा सशुल्क उपलब्ध गराउन माग गरेको हो ।
ति संरचनाहरुको मापदण्ड पनि तोकिएको छ । कम्तिमा पनि १ सय वेड बनाउन सकिने, शौचालय र स्नान गृहको उपयुक्त व्यवस्था भएको, मोटरबाटोको पहुँच पुगेको, स्वास्थ्य तथा सुरक्षाकर्मीका लागि छुट्टै बस्ने मिल्ने व्यवस्था भएको, प्रर्याप्त खुला ठाँउ र कम्पाउण्ड वाल भएको हुनु पर्ने महानगरले जनाएको छ ।
यस्तै बिजुली, पानी र टेलिफोनको व्यवस्था भएको, छरछिमेकीबाट बाधा अवरोध नहुने सुनिश्चितताका साथमा ति संरचनाको विवरणको पुर्ण र पुर्व जानकारी दिनु पर्ने सुचनामा उल्लेख गरिएको छ ।
सुचनामा जनाईए अनुसार प्रस्ताव पेश गर्दा कुनै प्रकारको शुल्क लाग्ने छैन्, र महानगरको प्रस्ताव कुनैपनि प्रस्तावकर्ताले अस्विकार गरेमा भने उक्त संस्थासंग महानगरले दुई आर्थिक वर्षसम्म कुनैपनि आर्थिक कारोवार नगर्ने गरि कालोसुचिमा राख्न सक्नेछ ।
सुचनामा उल्लेख गरिए बाहेक अन्य कुरा सार्वजनिक खरिद ऐन अनुसार हुने भन्दै प्रस्तावका शर्तका विषयमा प्रस्तावकर्तासंग गरिने अन्तिम सम्झौताका शर्तहरु एकिन गरिने महानगरपालिकाले जनाएको छ ।
हाल पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्या २६५ बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार