प्राविधिक शिक्षालायबाट उत्पादित जनशक्ति, ज्ञान र सीपको प्रयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिकाले विभिन्न चार वटा समझदारी पत्रमा हस्ताक्षर गरेको छ । पोखरा स्थित विभिन्न प्राविधिक शिक्षालयहहरुसंग महानगरले सम्झौता गरेको हो ।

प्लेकार्डले भन्यो, द मिडिया इज द भाइरस


पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख मानबहादुर जिसी र इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुुख राम प्रसाद पौडेल, बन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु’, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लव पोखराका उपाध्यक्ष निता थापा बिच सम्झौता भएको हो । सम्झौता पश्चात महानगर र ति क्याम्पस बिच सम्वन्धित प्राविधिक ज्ञान, सिप र जनशक्तीको सहकार्य हुनेछ ।

कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघ्यो, ९ लाख ४५ हजार बढिको मृ-त्यु


प्राविधिक शिक्षालयहरुको सिप, ज्ञान र जनशक्तीलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा गरिरएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससंग सम्वन्धित क्रियाकलापमा आफुलाई जोडदै लैजानपर्ने उनले धारणा राखे । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले विज्ञान र प्रविधिको अधिकतम उपयोग मार्फत विकासको लक्ष्य हाषिल गर्न सकिने बताईन् ।

निकै लामो समयदेखी ग्यारेजमा ठन्किएका लामो दुरीका सवारी साधनहरु आजदेखी संचालन


पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल लगायत क्याम्पसका प्रमुखहरुले शैक्षिक सस्ंथा र राज्यका कार्यकारी निकायहरुका विच सहकार्य अनिवार्य रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार