पोखरा महानगपालिकामा जारी निषेधाज्ञा थप नगरिने महानगरपालिकाले संकेत गरेको छ ।
सिसिएमसंगको कुराकानीमा महानगरका प्रवक्ता धन बहादुर नेपालीले पोखरा महानगरमा निषेधाज्ञा थप नगर्ने विषयमा प्रमुख मान बहादुर जिसि समेत सकारात्मक रहेकाले आजदेखी हट्नेमा निश्चिन्त हुन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, “कोरोना भाइरसको संक्रमणबाट बच्न निषेधाज्ञा भन्दा पनि व्यक्तिगत सुरक्षा महत्वपुर्ण देखियो, आफ्नो स्वास्थ्यका सम्बन्धमा मानिस जति सगज र सचेत बन्छ, उति नै सुरक्षित र स्वस्थ रहन सक्छ भन्ने हाम्रो निष्कर्ष छ ।”
कोरोना भाइरस (कोभिड १९) संक्रमणको फैलावट रोक्ने उद्देश्यले पोखरा महानगरपालिका लगायत कास्कीका ४ वटै गाँउपालिकाहरुमा विगत १० दिनदेखी निषेधाज्ञा जारी छ । महानगरका प्रवक्ता नेपालीका अनुसार आज रातिबाट पोखरा महानगरपालिमा लगाईएको निषेधाज्ञा स्वत हट्ने छ ।
त्यसपछि आवाश्यक स्वास्थ्य सुरक्षाका उपायहरुको अवलम्वन गरि बजार, पसल, तथा तोकिएका व्यवसायहरु संचालन गर्न बाञ्छिनिय हुनेछ । तर, संघ सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा गरेका निर्णयहरु भने सोहि बमोजिम हुनेछन् ।
स्कुल, कलेज लगायत बढि भिडभाड हुने स्थलहरु भने बन्द नै रहनेछन् । पोखरा महानगरपािलमा कोरोना संक्रमण पछिल्लो समय तुलनात्मक रुपमा बढिरहेको छ । हिजो मात्र पोखरा १२ की एक ३२ वर्षीय महिलाको निधन समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार