पोखरा महानगरपालिकामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ३ जनामा पनि भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये वडा नं. १७ का ५५ वर्षीय पुरुष र वडा नं. ९ का ५७ वर्षीय पुरुष तथा ४९ वर्षीय महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कास्कीका ३१४ नमुना परिक्षण गरिएकामा ३ जनामा कोरोना देखएिको हो । हालसम्म कास्कीमा कुल संक्रमितको संख्या १७१ पुगेको छ । १२५ जना डिस्चार्ज भएका छन् भने ४६ जनाको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार