पोखरा, ०४ फाल्गुन ।
भुतपुर्व खेलाडी मञ्च नेपालद्धारा आयोजित १३ औँ संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन २०१९ को तयारी पुरा भएको छ ।


४२.१९५ किलोमिटरको म्याराथन विजेता धावकले नगद रु.१ लाख पुरस्कार पाउने छ । उपविजेताले नगद रु.७० हजार पाउने छ । तेस्रो हुनेले नगद रु.५० हजार रुपैयाँ पाउनेछ । चौथो एवं सान्त्वना हुने धावकलाई नगद रु.७ हजार प्रदान गरिने छ ।

म्याराथनसँगै १० किलोमिटर महिला तथा पुरुष दौड समावेश गरिएको छ । यस्तै ५ किलोमिटर छात्र/छात्रा दौड, ह्वीलचियर पुरुष तथा महिला दौड, दृष्टिविहीन महिला तथा पुरुष दौड समेत समावेश गरिएको मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।


पोखरा रंगशालाबाट शुरु हुने म्याराथन पोखरा महानगरपालिकाका विभिन्न वडाहरुको परिक्रमा गर्दै रंगशालामा नै पुगेर टुंगिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार