पोखरा, जेठ ।
कास्कीको मादी गाउँपालिकास्थित सिद्ध आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्दा भएको भष्ट्राचारमा कर्मचारी मुछिएको सम्बन्धी समाचारमा केही सञ्चार माध्यमले पोखरा महानगरपालिकालाई जोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले बिहीबार जारी गरेको विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजित बजेट दुरुपयोगमा मुछिएका कर्मचारी तत्कालीन समयमा पोखरा महानगरपालिकामा कार्यरत नभई जिल्ला समन्वय समितिमा रहेको र समायोजन पछि मात्र महानगरमा आएको स्पस्ट पारिएको छ । ‘उक्त भष्ट्राचारमा मुछिएका कर्मचारी पोखरा महानगरमा आउनुभन्दा अघिको कामसँग सम्बन्धित भएकाले सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । आरोप लागेका मध्ये २ कर्मचारी हाल यस महानगरमा कार्यरत रहेको र एक जना कर्मचारी सरुवा भइसकेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त हुने पत्रअनुसार कानुन वमोजिम प्रक्रिया अगाडि बढ्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुरको कुमारीपाटीस्थित मेगा नेशनल कलेजको आयोजनामा यही जेठ २५ र २६ गते काठमाडौंमा व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना र चुनौतिबारे अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरिने भएको छ । मेगा नेशनल कलेजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी दिएको हो । कलेजका क्याम्पस प्रमुख डा. घनश्यामप्रसाद साहले अन्तराष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरुका लागि उपयोगी हुने बताउनुभयो । यही जेठ २५ र २६ गते कलेज परिसरमा चल्ने सम्मेलनमा दुई हजार दुई सय विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरुको पनि सहभागीता हुनेछ । व्यवस्थापन र प्रविधिको क्षेत्रमा संसारभर भए गरेका अभ्यासबारे जानकारी लिन, नेपालको अनुभव आदानप्रदान गर्न तथा व्यवस्थापनमा रुचि रहेका विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्न सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख साहको भनाइ छ । कलेजले आयोजना गर्ने यस खालको सम्मेलनबाट विद्यार्थीलाई आगामी दिनका लागि अनुसन्धान कार्यका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।








विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर ३ लाई ३–० को सोझो सेटमा पराजित गर्यो । लिग चरणमा अपराजित पुलिसले प्रदेश ३ लाई २५–१४,२५–२० र २५–१८ को सेटमा पाखा लगायो । जितसंगै समूह ’ख’ बाट पुलिसले ४ खेलबाट १२ अंक जोड्यो । र, समूह विजेता बन्दै अन्तिम चारको यात्रा तय गर्यो । प्रदेश ३ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट गण्डकी प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । गण्डकीले ४ खेलबाट ९ अंक जोड्यो । यस्तै बिहिबार नै भएको खेलमा एपीएफले प्रदेश १ लाई ३–० को सोझो सेटमा पराजित गर्यो । र, समूह ’क’ बाट समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनायो । त्यस्तै लिग चरणमा अपराजित एपीएफले प्रदेश १ लाई २५–१४, २५–१६ र २५–१६ को सेटमा पराजित गर्यो । जितसंगै एपीएफले ४ खेलबाट १२ अंक जोड्यो । प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट आयोजक त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग सफल भयो । आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा पुलिसले साबिकको विजेता आर्मीसंग खेल्नेछ । यस्तै एपीएफले गण्डकी प्रदेशसंग खेल्नेछ । सेमिफाइनल खेल शुक्रबार हुनेछ ।















तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार