फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले विहिबार पोखरामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ विहिबार पोखराको चिप्लेढुंगामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको आयोजक संस्थाका संयोजक राजु कायस्थले जानकारी दिए ।

आज नेपालमा १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ८ जनाको मृ-त्यु


६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, भौतिक दुरीको निरन्तर प्रयोगले मानिसहरुलाई अनावश्यकरुपमा भयभीत पार्ने र त्यसको मनोवैज्ञानिक असरहरुबाट समाजलाई मुक्त गरी आफ्नै प्राकृतिक चिकित्सा पद्घतिहरुको संवद्र्घन गरी जनजीवन सामान्य गर्नका लागि दवाव दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको कायस्थले जानकारी दिए ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार