पोखरा महानगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १६ का ३१ वर्षीय महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि पनि पोखराकी एक नर्स र एक बिरामी महिलामा कोरोना पुष्टि भएको थियो । आजमात्र पोखरामा ४ जनामा कोरोना देखिएको छ ।
यस्तै नवलपुरको विनयत्रिवेणी नगरपालिका वडा नं. १ मा थप ६ जनामा कोरोनामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।
उता गोरखाको गोरखा नगरपालिका वडा नं. ६ मा पनि एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ पुगेको छ । जसमध्ये ७ जनाको मृत्यु भएको छ भने, १ हजार ६११ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार