पोखरा महानगरपालिकामा थप १९ जनामा को-रोना भा-इरसको सं-क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्ष-यरोग उ-पचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा गरि १९ जनामा को-रोना सं-क्रमण पुष्टि भएको हो ।
निर्देशनालयले जनाए अनुसार पोखरा महानगरपालिका वडा नं. ८ मा सवैभन्दा धेरै ६ जना पुरुष र ७ जना महिलामा को-रोना देखिएको हो । उनिहरु ९,१३ र १५ वर्षीय बालक सहित ८ वर्षीय बालिका र ४० वर्षीय महिला सम्म रहेका छन् । यस्तै पोखरा ५ मा १ जना महिला र १ जना पुरुष, पोखरा १९ मा १ जना पुरुष, पोखरा १५ मा १ जना महिला तथा पोखरा ३२ र २५ मा १ १ जना पुरुषमा को-रोना सं-क्रमण भएको हो ।
पोखरा महानगरपालिका १५ का २३ बर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अ-स्पताल पोखरामा कार्यरत स्टाफनर्स रहेकी छिन् भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोहि अ-स्पतालमा उ-पचाररत बिरामी रहेका छन् । यस्तै पोखरा महानगरपालिका १९ का २२ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार