पोखरा महानगरपालिकाका थप ४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोरखा महानगरपालिकाका विभिन्न वडाका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
निर्देशनालयका अनुसार पोखरा १३ का ३०–३० वर्षीय २ पुरुष, २८ का १ जना ३४ वर्षीय पुरुष र २९ का १ जना ३६ वर्षीया महलिामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुको अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८९५ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त भई १ हजार ६३९ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार