पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्या २६१ पुगेको छ । पोखरा महानगरपालिका स्रोतका अनुसार हालसम्म पोखरा महानगरपालिकाका विभिन्न वडाहरुका २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महानगरका २ वडाहरु बाहेका ३१ वटा वडामा कोरोनाका संक्रमितहरु फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. २० र २४ बाहेकका वडामा कोरोना पुष्टि भएको हो ।
वडा नं. ८ मा सवैभन्दा धेरै २७ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा २१ र वडा नं. ५ र ९ मा १८–१८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै वडा नं. २७ मा १६ जना र १७ मा १७ जना संक्रमित भएका छन् ।
यस्तै १९ मा १२ जना, १६ मा ११ जना, ४ मा ९ जना, ३२ र ३३ मा ८–८ जना, ६ र ३० मा ७–७ जना, १३ मा ६ जना, ३ र २९ मा ५–५ जना, १०, ११, २२ र २५ मा ४–४ जना, १, १२ र २८ मा ३–३ जना र २१ म २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै वडा नं. २, २३ र ३१ म १–१ जनामा कोरोना देखिएको छ ।
र, बाँकी ९ जनाको वडा खुलाईएको छैन् । यि मध्ये अधिकांस निको भएका छन् । १ जनाको भने मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार